दफा १५
जमानत शुल्क
(१) दफा (१४ बमोजिम दिइएको जमानत वापत नेपाल सरकारले नेपाल: राजपत्रमा सूचना प्रकाशन गरी सोही सूचनामा तोके बमोजिमको दरमा जमानत शुल्क लिनेछ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकारले सो उपदफा बमोजिम लिने जमानत शुल्कमा पूर्ण वा आंशिक छुट दिन सक्नेछ।

(३) उपदफा (२) बमोजिम नेपाल सरकारले कुनै छुट दिएकोमा .त्यस्तो छुट दिएको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्नु पर्नेछ।